यो मन्दिरमुनि छ शक्तिशाली मुलुकभन्दा तीन गुणा बढी खजाना, चोरको विगविगी

  • प्रकाशित मिति : बुधबार, मंसिर १८, २०७६
  • Tourism Sanchar

काठमाडौँ, मङ्सिर १८। शक्तिशाली मुलुकका विषयमा चर्चा हुने वित्तिकै सबैभन्दा पहिले अमेरिकाको नाम आउँछ। पैसादेखि शक्तिशाली हतियारका विषयमा पनि अमेरिका विश्वकै शक्तिशाली मुलुकका रुपमा उदाएको छ।

तर आश्चर्यको कुरा के छ भने जति खजाना अमेरिकासँग छ त्यो भण्डा बढी खजाना भारतको एक मन्दिरमुनी दबिरहेको छ। भारतको उक्त मन्दिरमुनी अमेरिकाको भन्दा ३ गुणा बढी खजाना दबिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारत उत्तर प्रदेशको कानपुर नजिकै घाटमपुरस्थित केरली गाउँमा एउटा पुरानो शिव मन्दिर छ। यो शिव मन्दिर रहेको ठाउँको जमिनको तल सुन–चाँदी र बहुमूल्य खजाना दबिएर रहेको किम्वदन्ती छ।

अमेरिकासँग जति सम्पत्ति छ, त्यो सम्पत्तिको तीन गुणा सुन यो मन्दिरको तल जमिनमा दबिएको स्थानीय बताउछन्। यो चर्चाले सबैलाई चकित पार्ने गरेको छ। तर यहाँमा मानिसको यही मान्यता रहेको छ।

यहाँका स्थानीय बासिन्दा यही खजानाको चक्करमा कयौं पटक रातिको समयमा मन्दिर आसपास खन्ने गरेका छन्। एक पटक चोरले खजाना भएको ठाउँसम्म पुग्न मन्दिरमा स्थापित शिवलिंगको माथिल्लो भाग नै तोडेर आफूसँगै लगेको थिए।

त्यतिमात्रै होइन त्यहाँ मन्दिरको चार सुर पनि खनेर खजाना भएको ठाउँसम्म पुग्ने कोशिश गर्ने गरिएको छ। बारम्बार यहाँ मानिसहरु खजाना चोर्न आउँछन् र कतिपयले खजाना चोरेर भाग्नेसमेत गर्छन्। यद्यपी कसले कति खजाना चोरेर लगे भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको छैन।