सडक सञ्जालसँग जोडिँदै हिमाल पारी लिमीका तीनवटै बस्ती

  • प्रकाशित मिति : आइतवार, कार्तिक २४, २०७६
  • Tourism Sanchar

हुम्ला,कात्तिक २४ । हुम्लाको हिमाल पारीको गाउँ लिमीका तीनवटै बस्ती सडक सञ्जालसँग जोडिन अन्तिम चरणमा पुगेका छन् । यसअघि मध्य जाङ र हल्जीमा गत वर्ष नै सडा सजान जोडिएको भए पनि यसपालीदेखि तिल गाउँ पनि सडक सञ्जालसँग जोडिने अन्तिम चरणमा पुगेको छ । तिल गाउँ पनि अब सडक सञ्जालसँग जोडिन एक किलो मिटर बाँकी रहेको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीका अध्यक्ष पाल्जोर तामाङले बताए ।

सदरमुकाम सिमकोटबाट सल्लीहुँदै लाप्चा सडकको तुम्लिङबाट जाङ हुँदै हल्जी गाउँबाट तिलसम्म यस पाली वडाको बजेटले सडक निर्माण गरेर जोडिएको छ । पहिले प्रारम्भिक ट्रयाक खोलेर लिमीमा भएका गाडी सञ्चालनमा ल्याइने र आगामी वर्ष त्यस सडकलाई केही बिस्तार गर्ने योजना रहेको अध्यक्ष तामाङले बताए ।