सितोरियो सोबुकान कराते डो संघ ललितपुरले जुनियर कराते प्रतियोगीता गर्ने

  • प्रकाशित मिति : आइतवार, कार्तिक २४, २०७६
  • Tourism Sanchar

ललितपुर, कात्तिक २४ । नेपाल सितोरियो सोबुकान कराते डो संघ ललितपुर शाखाले कात्तिक २९ र ३० गते बंगलामुखी परिसरमा तेश्रो जुनियर कराते प्रतियोगीता आयोजना गर्ने भएको छ । शाखाका महासचिव तथा प्रमुख प्रशिक्षक सजिस खड्गीका अनुसार कराते प्रतियोगीतामा नगर प्रमुख तथा उप–प्रमुखको प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन गरिने छ ।

सबैलाई उपस्थिती हुन आग्रह गर्दै कार्यक्रमको शोभा बढाईदिनुहुन कराते डो संघ ललितपुर शाखाले आग्रह गरेको छ ।