त्रिभुवन विमानस्थलमा श्री र यतीको जहाज ठोक्कियो

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २२, २०७६
  • Tourism Sanchar

काठमाडौं, कात्तिक २२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा निजी कम्पनीका दुई जहाज ठोक्किएका छन् । श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको हो ।

श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरका अनुसार विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको हो । जहाजमा सामान्य क्षति भएको छ । अन्य सबै सामान्य रहेको उनले बताए ।