भिभिआइपी चढ्ने १ अर्ब ४० करोडको हेलिकप्टर काठमाडौँ आइपुग्यो !

  • प्रकाशित मिति : बिहिबार, अशोज २, २०७६
  • Tourism Sanchar

काठमाडौं, असोज २ । सरकारले १ अर्ब ४० करोडमा किनेको हेलिकप्टर काठमाडौँ आइपुगेको छ । उच्च पदस्थ व्यक्तिहरूको सवारीका लागि भनेर किनेको हेलिकप्टर आज काठमाडौं आइपुगेको हो ।

नेपाली सेनाले सञ्चालन गर्नेगरी खरिद गरिएको हेलिकप्टर आज काठमाडौं आइपुगेको हो । आठ सिट क्षमता रहेको उक्त हेलिकप्टर इटालीबाट खरिद गरिएको हो।

हेलिकप्टर नेपाली सेनाको स्वामित्व र सञ्चालन हुने भएपनि यसको दर्ता र नियमन भने नागरिक उड्डयन प्राधिकरणले गर्ने छ।

नेपाली सेनाको कलरमा नहुने यो हेलिकप्टर नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएको छ। यसको सञ्चालनका लागि प्राधिकरणबाटै अनुमति लिनुपर्ने छ।