‘अष्ट्रेलियन एजुकेसन फेयर’ भोलिदेखि अन्नपूर्ण होटलमा हुने

  • प्रकाशित मिति : बुधबार, अशोज १, २०७६
  • Tourism Sanchar

काठमाडौं, असोज १ । नेप्लिज एसोसिएसन अफ अष्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ नेपाल (नायर) ले अष्ट्रेलियामा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरुको जिज्ञासा समाधान गर्ने हेतुले अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्ने भएको छ।

अष्ट्रेलियाको बदलिँदो शिक्षा नीति, त्यहाँ पढ्न चाहनेका लागि भिसा प्रक्रिया तथा छात्रवृत्ति र अन्य विषयमा जानकारी दिने उद्देश्यले यो फेयर गर्न लागिएको हो।

समयसमयमा विभिन्न फेयर आयोजना भइरहेका छन् तर हामीले विद्यार्थीलाई उचित परामर्श दिन र उनीहरुको करिअर सेट गर्नका लागि हाम्रो योगदान होस् भन्नका लागि यो फेयर आयोजना गरेको नायरका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए । यो फेयरमा काठमाडौंमा अष्ट्रेलियन शिक्षाको परामर्श गरिरहेका हब एकजुकेसन, एजुकेसन पार्क, युनिक्याम्पस, एक्सपर्ट एजुकेसनलगायतका २० भन्दा बढी संस्थाहरु सहभागी हुँदैछन्।

फेयर असोज २ गते अर्थात् सेप्टेम्बर १९ तारिखमा अन्नपूर्ण होटलमा आयोजना गरिएको छ। बिहान १० बजे सुरु भएर साँझ पाँच बजे सकिने फेयरमा निःशुल्क भाग लिन पाइनेछ।