जमुना इलाम जिल्लाकै उत्कृष्ट पर्यटन क्षेत्र बन्दै

  • प्रकाशित मिति : शनिबार, भदौ ७, २०७६
  • Tourism Sanchar

काठमाडौं, भदौ ७।इलाम सदरमुकाम इलाम बजारदेखि १८ किलोमिटर उतरपूर्पमा अवस्थित सन्दकपुर गाउँपालिका ५ जमुना इलाम जिल्लाकै उत्कृष्ट पर्यटन क्षेत्र बन्दै गइरहेको छ । केही वर्ष अगाडी जमुनाको परिचय खासै  नसुने पनि आजभोलि जमुना सबै ठाउँ जमुनाको चर्चा हुने गरेको छ ।

जिल्लाकै सबैभन्दा ठुलो मानव निर्मित चन्द्रपाल थेबे ढाप पोखरी, जिल्लाकै पहिलो धनरुप झुलुङे पुल, रेड पाण्डाको नेपालमा राम्रो वासस्थान रहेको चोयाटार सामुदायिक वन, नेपालमा जमुनामा मात्र पाइने काँडे भ्याकुर र ६ सय भन्दा धेरै प्रजातिको चराचुरुङ्गी पाइने हरियाली हाँगेथाम, भारतीय सीमासँग जोडिएको जौबारी जहाँ फराकिलो खुल्ला हरियो कार्पेट बिछ्याएको हरियो फराकिलो चौंरीहरु भएको क्षेत्रले गर्दा पनि यो पर्यटकको गन्तव्य क्षेत्रमा पर्ने गरेको स्थानीय जनप्रतिनिधिहरु बताउने गरेका छन् ।

यी ठाउँहरुको अनुपम दृश्यलोकनले धेरैको मन लोभ्याउन थालेकोले अहिले हिउँदको सिजनमा पर्यटकहरुको संख्यामा उल्लेख्य बढ्दो छ । जमुनामा १ सातासम्म पर्यटकहरुलाई घुमाउन सकिने हुँदा जिल्लाकै उत्कृष्ट पर्यटक गन्तव्य बन्न थालेको जमुनाका गणेश गुरुङ बताउँछ्न् ।

सुरुवातमा जमुना छिर्न अगाडी सुलुबुङ र जमुना जोड्ने माईखोलामा राणा कालमा नै बनेको धनरुप पुलको बनावटको र यसको संरचनाको अध्यन गर्दै जमुनको क्षेत्र प्रवेश हुन्छ । पुल तरेसँगै आधा घण्टामा पुरानो जमुनाको बुदबारे बजार हुँदै उकालो ३५ मिनेटपछि मानव निर्मित चन्द्रपाल थेबे ढाप पोखरीमा डुङ्गा सयर गर्दै फिसिङ्को आनन्द लिन सकिन्छ ।

नजिकै यसरी घुम्ने क्रममा हाँगेथामा चराचुरुङ्गीको ध्यानसँगै चोयाटारमा दुर्लभ रेडपाण्डाको हेर्दै आलेभञ्झ्याङ पुगेपछि लालपोखरीको खुला आकाश मुनीको हरियो गलैंचा रमाइलोमा हराउँदै चिसो जौबारीमा आनन्द लिन सकिन्छ । जौबरी नजिकै तुम्लिन हुँदै सन्दकपुर जान सकिने हुँदा जमुना घुम्न आउने पर्यटकको संख्या बढ्दो रहेको जमुना सुनखरी फुटबल संघका अध्यक्ष उमेश गुरुङ बताउँछन् ।

पर्यटकहरुको संख्या थप्न बर्सेनि कात्तिकमा फूटबल खेलको आयोजना गर्ने गरेको गुरुङ बताउँछन् । पर्यटकलाई स्थानीय ठाउँमा राख्न र यो गाउँको चिनारी दिन बर्सेनि रामनवमीको अवसरमा चन्द्रपाल थेबे ढाप पोखरी महोत्सव हुने गरेको छ । यो ठाउँको विकासमा सबै एक जुट भएर लागे भोलि देशकै नमुना पर्यक क्षेत्र बन्नेमा दुई मत छैन । -नयाँ बुलन्द