सामाजिक संजालमा भ्रमण बर्षको लोगो प्रयोग गर्न पर्यटन मन्त्रालयको आग्रह

काठमाडौं,साउन २६  । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सामाजिक संजालमा भ्रमण बर्षको लोगो प्रयोग गर्न आग्रह गरेको छ । पर्यटन मन्त्री योगेश भट्टराईद्धारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा सरकारी, गैर सरकारी, निजी कार्यालय तथा ब्यक्तिलाई समेत भ्रमण बर्षको लोगो प्रयोग गर्न आग्रह गरीएको छ ।

सरकारले भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्य सहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई आफुले प्रयोग गर्ने सामाजिक संजाल (फेसबुक, ट्वीटर, ईन्स्टाग्राम, वेभसाईट) मा लोगो प्रयोग गर्न आग्रह गरेको हो । भ्रमण बर्ष २०२० को यस अभियानलाई सफल बनाउन थप सहयोग, समन्वय र सहकार्यको सरकार सदैब अपेक्षा गर्दछ विज्ञप्तीमा भनिएको छ ।