आज (आइतवार) दिनभर कस्तो रहला मौसम ?

काठमाडौँ, साउन २६ ।   काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हाल हल्कादेखि मध्य वर्षा भइरहेको छ। यस्तै एक–दुई स्थानमा ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ ।

हाल देशका पूर्वी भू–भागमा आंशिकदेखि सामान्य तथा मध्य र पश्चिमी क्षेत्रमा सामान्य बदली भएको छ ।

आइतबार दिनभर देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्य वर्षाको सम्भावना छ । पूर्वी पहाडी क्षेत्रका केही भू–भागमा एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै राति पनि देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्य वर्षाको सम्भावना छ ।

क्षेत्रका केही भू–भागमा एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । हाल मनसुनी न्यून चापीय रेखा औसत भन्दा केही दक्षिततिर रहेकाले नेपालमा मनसुन कम सक्रिय अवस्थामा रहेको मौसमविदको भनाई छ ।

अब मनसुनी न्यून चापीय रेखा बिस्तारै सरेर औसत स्थानमा आउने सम्भावना रहेको मौसमविदले बताएका छन् ।