तयाःमचा नृत्य प्रतियोगिता २०७६ पोखरामा हुदै

  • प्रकाशित मिति : शनिबार, साउन २५, २०७६
  • Tourism Sanchar

पोखरा,साउन २५ ।  नेवा खल कास्कीको आयोजनामा तायःमचा नृत्य प्रतियोगिता २०७६ हुने भएको छ । यही साउन ३१ र ३२ गते उक्त प्रतियोगिता महेन्द्रपुल, विशाल बजार अगाडि हुन लागेको हो ।

कार्यक्रमको आयोजकमा महेन्द्रपुल तायाः मचा समिति रहेको छ । कार्यक्रममा शिक्षा मुलक फेसन सो, लाईभ ब्याण्ड, नेवारी नाच, विभिन्न जातीका नाच, नेवारी खाना, खाजा स्पेशल साथै २० वटा स्टल रहने र ३० वटा समूहले सहभागीता जनाउने भएको कार्यक्रम संयोजक मानकाजी माकाजूले बताए ।

कार्यक्रममा बोल्दै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले २०५४ साल देखि व्यवस्थीत रुपमा कार्यक्रम गर्दै आईरहेको र यसपालि पनि सफलता पूर्वक सम्पन्न हुने र नयाँ नयाँ टोलहरुपनि सहभागि हुने क्रम जारी रहेको साथै आफ्नो संस्कृति भाषाको जर्गेना हरेक जातजातीले गर्नु पर्ने र सम्पूर्णलाई सहभागीहुन आवहान समेत गरेका छन् ।

प्रतियोगितामा विभिन्न ८ विधाहरुमा पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम पुरस्कार रु ३०,०००, द्वितिय पुरस्कार रु २०,०००, तृतीय रु. १०,०००, सान्त्वना रु ५,००० त्यस्तै उत्कृष्ट ख्यालीलाई रु २५००, उत्कृष्ट बादकलाई रु २५००, उत्कृष्ट परिलाई रु २५००, उत्कृष्ट जोक्करलाई रु २५०० रहेको छ ।

कार्यक्रममा सहभागि हुने महिला टोलीहरु मध्ये प्रोत्साहन स्वरुप एक टोलीलाई उत्कृष्ट घोषणा गरी रु १,५०० नगद को व्यवस्था पनि रहेको छ । कार्यक्रमको मुख्य प्रायोजकको रुपमा रुपाकोट सुन चाँदी दुकान रहेको छ ।