महतगौडा विरौटाफाँटमा १६ औं असारे रोपाई महोत्सव सम्पन्न,हिले महोत्सवमा क्यान्सर पिडितलाइ १ लाख ८० हजार सहयोग

पोखरा,असार १५ । पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा १७ महतगौडा विरौटाफाँटमा १६ औं असारे रोपाई महोत्सव सम्पन्न भएको छ। महोत्सवमा विदेशि पर्यटकहरु पनि सहभागि भएका थिए ।

त्यस्तै नेपाली युवा युवति पनि रोपाई महोत्सवमा सहभागि भएका थिए । सबै जसो एक आपसमा हिलो खेल्न र हिलो छ्यापछ्याप गर्न व्यस्त देखिन्थे।

असारे रोपाइ महोत्सवमा विभिन्न प्रतियोगिताहरू पर्यटक हिले दौड, रस्साकसि, खुल्ला हिले दौड, पत्रकार हिले दौड, माछा छोप्ने लगायतका कार्यक्रमहरु समावेश भएका थिए। उक्त महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले मोहि लगायर गरेका हुन् । रोपाई महोत्सवमा विभिन्न प्रकारका परिकारहरू पनि राखिएको थियो।

त्यस्तै पोखरा महानगरपालिका वडा न. २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजना एवं कृषि बिकास निर्देशनालय गण्ढकी प्रदेशको सहआयोजनामा भएको प्रथम हेमजा हिले महोत्सव २०७६ को आइतबार सम्पन्न भएको छ ।

कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको हो । महोत्सवको आकर्षणको रुपमा भएको पुरुष रस्साकस्सी तर्फ जे.के कर्सर उद्योग प्रथम हुन सफल भएको छ भने द्वितीय पुजा सुनचादि समुह भएको छ । त्यस्तै महिला रस्साकस्सी तर्फ प्रथम कमल जैसि आमा समुह तथा द्वितीय हेमजा चिनारी आमा समुह भएका छन । ४० बर्ष माथि पुरुष हिले दौडमा मोहन बि.क प्रथम र इन्द्रप्रसाद त्रिपाठी द्वितीय हुन सफल भएका छन । खुल्ला पुरुष हिले दौडमा मोहन बि.क प्रथम र द्वितीय दिलिप बुदाथोकि भए । ३० बर्ष माथि महिला हिले दौडमा प्रथम र द्वितीय क्रमश किरण अधिकरी र उमा पौडेल भएका छन । खुल्ला महिला हिले दौडमा प्रथम अनिसा भण्डारी र द्वितीय मिना नेपाली भएका छन । त्यस्तै गोरु दौड प्रतियोगितामा प्रथम हरिसचन्द बि.क र द्वितीय गोबिन्द बि.क भएका छन । प्रतियोगितामा प्रथम र द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

कृषक हुनुमा गर्व र हर्ष दिलाउँदै युवा पुस्तालाई कृषितर्फ आकर्षण बढाउने, मेहनती किसानलाई प्रोत्साहन गर्ने तथा स्थानीय विष्णुपादुका मन्दिरमा पर्यटकको आगमन बढाउने उद्देश्यका साथ महोत्सव गरिएको हो । पोखरा महानगरपालिका वढा न. २५ का वडा अध्यक्ष सोभाखर तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कृषि बिकास निर्देशनालय गण्ढकी प्रदेश पोखराकी कार्यालय प्रमुख शान्ता कार्की, कृषि सञ्जाल हेमजाका संयोजक मोतिराम तिमिल्सिना र सामुदायीक प्रहरी सेवा एव सामुदायीक सेवा केन्द्र हेमजाकी अध्यक्ष बिष्णु बाँस्तोला लगाएतले आफनो भनाइ राखेका थिए ।

महोत्सवमा कलाकार जिबन दाहाल, लक्ष्मि नेपाली, बिनोद जोजेजु, सानु जोजेजु, रामजि पौडेल, किरण अधिकारी र लछुमण डुङगानाले आफनो प्रस्तुती राखेका थिए । साथै सथानिय बुद्धदेबि कुवरँले स्वगत गित प्रस्तुत गरेकी थिइन । उक्त अबसरमा अष्ट्रेलियामा भएका नरेश खण्का र दिपा कुवँर खण्मनले अष्ट्रेलियामा रहेका नेपालीहरुबाट संकलन गरि रु १ लाख ८० हजार स्थानिय क्यान्सर पिडित लिला परियारलाइ सहयोग हस्तान्त्रण गरिएको थियो ।
सस्थाका अध्यक्ष खिमलाल तिमिल्सिनाको अध्उक्षतामा भएको कार्यक्रममा स्वगत उपाध्यक्ष कृष्णमान श्रेष्ठले र सञ्चालन इ. अमृत कुवर र परसुराम अधिकारीले सम्युक्त रुपमा गरेका थिए ।