यस्तो छ आज (शनिबार) को मौसम

काठमाडौं,जेठ ११ । आज शनिवार देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वका केही स्थान र मध्य तथा पश्चिम पहाडका थोरै स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्नेछ ।

यस्तै तराईका क्षेत्रको मौसम भने आंशिक बदली हुने मौसमविदले बताएका छन् ।

शनिबार राति देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । आंशिक बदली भए पनि गर्मी भने बढि नै हुनेछ ।