पर्यटन प्रर्वद्धनका लागि बेगनास तालमा माछा महोत्सव

पोखरा,जेठ ९। कास्कीको बेगनास र रुपाताल लगाएत यस वरपर रहेको अन्य तालहरुमा पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने गरि लेखनाथ होटल तथा रेष्टुरेण्ट एशोशियसनले जेष्ठ १३ देखि २० गतेसम्म फिस फेस्टीबलको आयोजना गर्ने भएको छ ।

विगतमा तीन दिने माछा महोत्सव गर्दै आएकोमा यस वर्ष महोत्सवको अवधि बढाएर आठ दिनको बनाईएको हुदाँ यस बर्षको महोत्सव अन्य माछा महोत्सव भन्दा पृथक र प्रभावकारी हुनेमा आयोजकहरु विस्वस्त देखिन्छन् ।

यस क्षेत्रमा रहेका सातवटा तालहरुको प्रचार प्रसारमा सहयोग पुग्ने र ताल क्षेत्र वरपर आन्तरिक तथा बह्यि पर्यटन प्रबद्धनमा टेवा पु¥याउने उदेस्यले पाचौं संस्करणको माछा महोत्सव गर्न लागिएको बुधबार आयोजिन पत्रकार सम्मेलनमा आयोजक सस्थाका निबर्तमान अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिएका हुन् ।

महोत्सवमा स्थानिय जातका माछाको स्वाद चाख्न देखी माछा उत्पादन प्रविधिका बारेमा जानकारी दिन र लिनका लागि माछा महोत्सव सहयोगी शिद्ध हुने देखिन्छ भने महोत्सवमा कृर्षी ब्यापार मेलाको समेत समाबेस गरिएकाले आगन्तुक पाउना देखि कृषकहरुलाई पनि ब्यवसाय प्रर्वद्धनमा सहयोग मिल्नेमा आयोजकहरु ढुक्क देखिन्छन् ।

महोत्सवलाई प्रभावकारी तरिकाले संचालन गर्नका लागि बिभिन्न उप समितिहरु गठन गरि तयारीलाई तिव्रताका साथ अगाडी वढाईएको छ भने यस वर्षको माछा महोत्सवमा ढुङगा दौड प्रतियोगिता,पौडी प्रतियोगिता र गण्डकी प्रदेश स्तरीय दोहोरी गित प्रतियोगिताको साथमा अन्य थुप्रै मनोेरङजनात्मक सास्कृतीक कार्यक्रमहरु राखिने एसोशियसनका अध्यक्ष कृष्णप्रसाद तिवारीले जानकारी दिएका छन् ।