स्थानीयकाे अवरोध पछि धरहरा निर्माणको काम अवरुद्ध

काठमाडौं, जेठ ३ । स्थानीयले अवरोध गरेपछि ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणको काम अवरुद्ध भएको छ ।

धरहरा वरपरका स्थानीयले पैदलमार्ग खुलाउनुपर्ने माग अझै पूरा नभएको भन्दै शुक्रबार बिहान अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध भएको धरहरा निर्माण प्रोजेक्टका म्यानेजर श्यामचन्द्र श्रेष्ठले जानकारी दिए ।

हालसम्म घरहरा निर्माणको करिब १३ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

स्थानीयले विगत ६ महिनादेखि आवातजावतमा सहज बनाउन पैदलमार्ग खुलाउनुपर्ने माग धराहरा निर्माण समितिसँग गर्दै आएको थियो ।

उनीहरुले धरहरा निर्माण गर्दा ऐतिहासिक सम्पदा सुन्धाराको संरक्षण गर्न पनि दवाव दिँदै आएका छन ।