सगरमाथा आरोहणमा नयाँ विश्व कीर्तिमान :२३ औं पटक चुचुरोमा

टुरिजमसंचार,जेठ १। कीर्तिमानी आरोही कामिरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ विश्व कीर्तिमान राखेका छ।

२३ औं पटक सगरमाथाको सफल आरोहण गर्दै उनले यसअघिको आफ्नै नाममा रहेको सर्वाधिक २२ औं पटकको आरोहण विश्व कीर्तिमान तोड्न सफल भएका हुन।

कामिरिता शेर्पा अर्का आरोही ओङ्दी शेर्पासंगै बुधबार बिहान ७ बजेर ५० मिनेट जादा विश्व शिखर सगरमाथामा पुगेको पर्यटन विभागकि निर्देशक मीरा आचार्यले बताईन।

उनको आरोहण कम्पनी शेभेन समिट्स ट्रेक्सले उनको आरोहण पुष्टि गर्दै उनको आरोहण राष्ट्रकै गौरवको कुरा भएको बताएको छ।सन १९९४ मा प्रथम पटक सगरमाथाको चुचुरो पुगेका शेर्पाले २५ पटकको सफल आरोहणपछि मात्र आफुले विश्राम लिने बताएका छन।