फुटबल खेलाडी ओजीलको जर्सी सगरमाथासम्म

काठमाडौं,वैशाख ३१। इंग्लिस फुटबल क्बल आर्सनलका अट्याकिङ मिडफिल्डर मेसट ओजिलको जर्सी लिएर नेपाली समर्थक सगरमाथा आधार शिविर पुगेका छन् ।

उक्त तस्बिर ट्वीट गर्दै ओजिलले लेखेका छन्, ‘हेर्नुस् त, मैले हस्ताक्षर गरेर जर्सी पठाएपछि त्यो सगरमाथा बेस क्याम्पको ५ हजार ३ सय ६४ मिटरको उचाईमा पुगेको छ ।’

उनको ट्वीटमा धेरै नेपाली समर्थकहरुले प्रतिक्रिया दिएका छन् । त्यसमा जर्सीलाई आधार शिविरसम्म पुर्‍याउने काठमाडौंका निरोज खतिवडाले पनि आˆनो जीवनकै सबैभन्दा उत्कृष्ट क्षण भएको भन्दै प्रतिक्रिया दिएका छन् ।