अबकाे तीन दिनसम्म हावाहुरी र चट्याङसहित वर्षा हुने

काठमाडौं,वैशाख २८। देशका अधिकांश स्थानमा आजबाट ३ दिन मौसममा गडबडि देखिने मौसम विज्ञान विभागले जनाएको छ ।मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारदेखि सोमबारसम्म हावाहुरी र चट्याङसहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही वर्षा हुनेछ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार सोमबारसम्म मौसमी अवस्था प्रतिकूल हुने भएको हो।

केन्द्रद्वारा जारी सूचना-

मौसमविद विभूति पोखरेलले भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अब मौसम बदली हुने र केही स्थानमा ठूलो पानी र केही स्थानमा असिनासमेत पर्ने सम्भावना रहेकाे बताएकी छन् । शुक्रबारसम्म काठमाडौं उपत्यकामा चर्को घाम लागे पनि अब तीन दिनसम्म गर्मी केही कम महसुस हुनेछ ।