भुकम्प अघि र पछिको बारपाक परिवेश !

गोरखा,बैशाख १८ । बिश्वमा नेपालको पहिचान दिन सफल भि.सी.गजे घलेको गाउँ भनेर चिनिने ऐतिहासिक सुन्दर पर्यटकीय गाउँ बारपाकको सुन्दरताले जो कसैलाई लोभ्याउछ । प्राय जस्तो आन्तरिक तथा बाह्य पर्यटक जो कोही को पनि बारपाक पुग्ने सपना सबैको हुन्छ । जिल्ला सदरमुकाम गोरखाबाट करीब १८ कोष टाढा र समुन्द्र सतहदेखि २००० /२२०० मीटरको उचाईमा रहेको बारपाक बौद्ध हिमालको काखमा रहेको छ भने उतरमा लाप्राक, दक्षिणमा सौरपानी,पूर्वमा गुम्दा र पश्चिममा घ्याचोक  सम्म फैलिएको छ ।

पर्वतीय परिवेशको ग्रामीण पर्यटनलाई  घरेलु वास र मायालु आतिथ्यले बारपाकको नयाँ पहिचान बनाएको छ । विश्वयुद्धका वीर गोर्खालीहरूको परम्परागत गाँस, बास र बस्तीहरू तथा तिनका मौलिक संस्कृतिलाई पर्यटन बजारमा झल्किरहेको हुन्छ ।

बारपाक

उत्तरी भागमा रहेको रमणीय हिमाली गाउँ बारपाकले २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि अर्को परिचय पायो, भूकम्पको केन्द्रविन्दु । भुकम्पको प्रभाव खासगरी १४ जिल्लामा परेता पनि केन्द्रबिन्दु गोरखाको वारपाक थियो। चार वर्षअघि गएको विनाशकारी भूकम्पको केन्द्रविन्दु थियो बारपाक, भूकम्पबाट ७२ जनाको ज्यान गुमाएको र गाउँ नै ध्वस्त भएको बारपाक अहिले तङ्ग्रिएको छ।

भुकम्प अघि को बारपाक

बारपाकमा ११ सय घरधुरी भएको सुन्दर बस्ती थियो । भूकम्पमा भत्किएका १ हजार ३ सय भन्दा बढी घरमध्ये अहिले अधिकांश नयाँ बनेका छन् । तर ठाउँठाउँमा भूकम्पको घाउ भने अझै बाँकी छन् किनकि बिनाशकारी भुकम्पमा भत्किएकका केहि घरहरु भने आझै पनि बन्न सकेका छैनन् ।

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पमा बारपाक

बिनाशकारी भूकम्पमा बारपाकवासीले धेरै परिवार गुमाए, धेरैले आफ्ना अंग गुमाए, धेरैले आफ्ना घर गुमाए । तर अहिले बारपाकमा पक्की घरहरु बनिसकेकाछन् । गोरखादेखि बारपाकसम्मको ४६ किलोमिटर सडक धमाधम कालोपत्रे भइरहेको छ । गोरखाबजारबाट बारपाक, माछाखोला, छेकम्पार हुँदै तिब्बत जोड्ने सडक निर्माण पनि भइरहेको छ ।  चार पक्की वटा पुल जापानी सहयोग नियोग (जाइका)ले बनाउदै छ ।

भूकम्पपछिको बारपाक