मलेसियाबाट काठमाण्डौ आउँदै गरेको जहाजको पाङ्ग्रामा चरा ठोक्कियो

काठमाडौं, बैशाख ५ । मलेसियाको राजधानी क्लालाम्पुरबाट काठमाण्डौ आउँदै गरेको नेपाल वायुसेवा निगमको  आरए ४१६ जहाज अवतरणका क्रममा पाङ्ग्रामा चरा ठोक्किएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

बिहान ९ : ३० बजेतिर धावनमार्गमा गुडिरहेका बेला जहाजको पछाडिको पाङ्गरामा चरा ठोक्किएको हो । जहाजमा कुनै क्षति नभएको र सबै यात्रु सकुशल रहेको विमानस्थलले जनाएको छ ।