तिन ठाउमा ग्यास सिलिण्डर विस्फोट

चितवन, बैशाख ५। नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको नेपाल बन्दको कारण चितवनमा तिन स्थानमा सिलिण्डर ग्यास विस्फोट भएको छ। तिनै स्थानमा भएको विस्फोट खाली ठाउँमा भएकाले कुनै मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवन का प्रवत्ता प्रहरी नायब उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

चितवनको भरतपुर महनगरपालिका १८ स्थित घोल खेत नजिकै कुलोमा टायर राखेर ग्यास सिलिण्डर पड्काएको छ भने यस्तै खैरहनी नगरपालिका चैनपुर २३ स्थित लदरी खोला नजिकै खेतमा ग्यास सिलिन्डर पड्काएको छ भने यता कालिका नगरपालिका ८ स्थित कालिका मन्दिर नजिकै रहेको कयर खोला राखीएको सिलिन्डर ग्यास भने प्रहरी डिस्पोज गरेकोे प्रवत्ता रेग्मीले जानकारी दिए । यसै गरी विप्लव नेतृत्वको नेकपाको नेपाल बन्दको प्रभाव चितवनमा पनि परेको छ ।

चितवनमा विहानै देखी ठुला सवारी साधन चल्न सकेका छैनन भने शिक्षण सस्था, बजार कलकारखाना ठप्प भएका छन्। साना सवारी साधानहरु म्याजिक,भ्यान,अटोे रिक्सा, इ रिक्सा, मोटरसाइकल भने सन्चालन भै रहेका छन्। लामो दुरीका सवारी नचल्दा यात्रु हरु मारमा परेका छन् भने अन्य स्थानबाट आएका लामो दुरीका सवारी स्कटीङ गरी गन्तबय तर्फ पठाईको छ। भरतपुरका चोक चोकमा सुरक्षाका लागि प्रहरी परिचालन भएका छन्भने चितवनमा अहिले सम्म कुनै अप्रिय घटना भने नभएको जिल्ला प्रहरी कार्यालय चितववनले जनाएको छ ।