बारा र पर्सामा आज साँझ फेरी ठूलो हावाहुरी

टुरिजम संचार, बैशाख ३। बारा र पर्सामा आज साँझ फेरी ठूलो हावाहुरी चलेको छ । हावाहुरीले कतिपय स्थानमा घरको छानाहरू समेत उडाएको छ। यसअघि आएको विनाशकारी आँधीमा परी प्रभावित भएकाहरू आजको हावाहुरीले झनै समस्यामा परेका छन् ।

अहिले पनि हावाहुरी चलिरहेको छ भने असिनासहितको वर्षा भइरहेको छ ।

उता जनकपुर र आसपासका क्षेत्रमा पनि ठूलो हावाहुरी चलेको छ । साँझ चलेकाे हावाहुरीका कारण बिद्युत आपूर्ति बन्द भएको छ भने सर्वसाधारण त्रसित बनेका छन् ।