एकजना मन्त्री भन्दा ६८ जना यात्रु प्याराे : बुद्ध एयर

काठमाडौं, बैशाख ३। साेमवार भैरहवाबाट राजधानी फर्किने बेलामा सञ्चारमन्त्री गाेकुल बास्काेटालाइ छाडेर बुद्ध एयरले उडान गरेकाे भन्ने समाचार सार्वजनिक भएपछि त्यसकाे तरंगले स्वयम बुद्ध एयरलाइ समेत छाेएकाे छ।

यसपछि बुद्ध एयरले विज्ञप्ति जारी गर्दै यसकाे सत्यतथ्य के हाे भनेर सार्वजनिक गरेकाे छ । बुद्ध एयरले जारी गरेकाे विज्ञप्तिमा सुरूमा स्वयम मन्त्रीले मंगलवार मात्र राजधानी जान्छु भनेकाे र पछि उडने विमानमा नै राजधानी जान्छु भनेर अाधा घण्टाकाे समय मागेकाे उल्लेख गरिएकाे छ।

तर,यसरी मन्त्रीलाइ कुर्दा पछि समय पनि वित्ने र माैसमले पनि साथ नदिने भएपछि विमान उडाएकाे बुद्ध एयरले जनाएकाे छ। बुद्ध एयरले विमानमा ६८जना यात्रु रहेकाेले उनीहरूकाे हितलाइ पहिलाे प्राथमिकतामा राखिएकाे जनाएकाे छ।