उपत्यकामा सोमवार साँझ भीषण असिना पानी

काठमाडौँ, बैशाख २। काठमाडौँ उपत्यकामा सोमवार साँझ भीषण असिना पानी परेको छ । बिहानदेखि धुम्मिदै घाम बादल भैरहेको मौसममा साँझ ६ बजे एक्कासी असिना पानी परेको हो ।

कार्यालय छुट्ने समयमा परेको पानीले सर्वसाधारण मर्कामा परेका छन् । उता असिना र पानीको दृश्य हेर्न काठमाडौंका बासिन्दाहरू कोठा बाहिर निस्किएका थिए ।

उपत्यकाबासीको निम्ति विरल्लै अनुभव गर्न पाइने असिनाको अनुभव यस वर्ष भने धेरै पाएका छन् । यसअघि पनि पटक पटक असिना पानी परेको थियो ।