विमान दुर्घटना अपडेट : मृतक दुईको पहिचान खुल्यो

काठमाडौं, बैशाख १। लुक्लामा समिट एयरको विमान हेलिकोप्टरसँग ठोक्किएर भएको दुर्घटनामा पाइलटसहित ४ जनाको मृत्यु भएको छ । मृतकमध्ये दुईजनाको सनाखत भएको छ ।

लुक्लाबाट काठमाडौतर्फ उड्न लागेको नाइन एन–ए एम एच कलसाइन विमान पार्किङमा रहेको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको हो । दुर्घटनाका मृतकमध्ये समीट एयरका को पाइलट सुदीप ढुंगाना र प्रहरी असई रामबहादुर खड्काको पहिचान भएको त्रिभुवन विनमास्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए ।

दुर्घटनामा समिट एयरका पाइलट अबर बी रोकाय र हेलिकोप्टर चालक मनाङ एयरकाे पाइट चेत गुरुङ घाइते भएका छन् । घाइते मध्ये गुरूङ खतरामुक्त रहेकाे प्रवक्ता तवारीले बताए।