नयाँ वर्षमा सौराहामा कोठा नपाएर पर्यटक फर्किए

काठमाडौं, बैशाख १। चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा नयाँ वर्ष २०७६ मा पर्यटक भरिभराउ छन् । करीब करीब २५/३० प्रतिशत बाह्य पर्यटक छन्, भने अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भएका छन् । सबै होटल नयाँ वर्षमा अग्रिम बुकिङ भएका छन् ।

पछिल्लो समय नेपाली समुदायमा घुम्ने परम्परा बढेका कारण सौराहामा आन्तरिक पर्यटक बढेका हुन् । बाह्य पर्यटकमा भारतबाट धेरै आएका छन् । अन्य तेस्रो मुलुकका पर्यटक भने न्यून छन् ।

करीब ३५ प्रतिशत वनजङ्गलले ढाकेको नेपाल वाइल्डलाइफ पर्यटनका लागि विश्वकै उत्कृष्ट देश मानिन्छ । नेपालको वाइल्डलाइफमा रमाउनकै लागि वर्षेनी लाखौँ पर्यटक नेपाल भित्रिने गर्छन् । यो सँगै दोब्बर मात्रामा आन्तरिक पर्यटक पनि सौराहा पुगेकै हुन्छन् ।

सौराहामा आउने पर्यटक हात्ती, डुङ्गा, जिप सफारी गरेर चितवन निकुञ्जमा रहेको गैँडा, बाघलगायत जङ्गली जनावर हेर्न मन पराउँछन् ।