नयाँ वर्षको मौसम : हल्का वर्षाको संभावना

काठमाडौँ, वैशाख १।  आज देशका धेरै ठाँउमा मौसम बदली रहनेछ । काठमाडौं उपत्यकामा शनिबार राती सामान्य बर्षा भएको थियो । आइतबार विहान पनि काठमाडौंको मौसम राम्रोसँग खुल्न सकेको छैन ।

आज देशको पूर्वी, मध्य तथा पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहने र अन्य स्थानमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावन समेत रहेको छ ।उच्च हिमाली भूभागहरुमा हिमपातको सम्भावाना रहेको छ ।