नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ फेवाताल किनारबाट २० लाख पर्यटक भित्र्याउने लक्ष्य

पोखरा, चैत्र ३०। फेवाताल किनारबाट नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ गरिएको छ ।

सन् २०२० सम्ममा नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ पोखराबाट शुभारम्भ गरिएको कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्नुभएको हो ।

शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री गुरुङले २० लाख पर्यटक पुर्‍याउन चुनौतीपूर्ण भए पनि सम्भव भएको बताउनुभयो ।

२० लाख पर्यटक पुर्‍याउन गण्डकी प्रदेशले कम्तिमा ८ लाख पर्यटक ल्याएर सहयोग गर्ने गुरुङले बताउनुभयो ।