गोरखा दरबारमा दर्शनार्थीको घुइँचो ( फोटो फिचर )

आशिष न्यौपाने ,गोरखा, चैत ३० । चैत्र महिनामा पर्ने  दशैं तथा नवरात्रीलाई चैते दशैं भनिन्छ । यसमा पनि दशैंको जस्तै पूजापाठ, चण्डीपाठ, बाजागाजा बज्ने गर्छन् । नेपाली चाडपर्वमा चैते दशैंको पनि महत्वपूर्ण स्थान रहेको छ । नेपाल भरिमा चैते दशैं विभिन्न ठाउँमा मनाइने गरिन्छ ।  असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुइपटक मनाउने गर्दछन् ।

असोजमा मनाईंने दशैंलाई बडादशैको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैं । एक वर्षमा चैत र असोज महिनामा गरी दुई पटक पुज्ने दुर्गा पूजाको हिन्दु धर्म शास्त्रहरुमा विशेष महत्व रहेको उल्लेख गरिएको छ ।

त्यसैगरी चैते दशै अर्थात रामनवमीको अवसरमा शनिवार गोरखा दरवारमा बिहानै देखि भक्तजनहरुको घुइँचो लागेको थियो   करिव पाँच हजार भन्दा बढि भक्तजनहरुले गोरखा दरवारको दर्शन गरेका छन्

चैत्र नवरात्र समेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने धार्मिक विश्वास गोरखा दरवारमा वली चढाउने भक्तजनहरुको संख्या पनि अन्य दिनको तुलनामा  बढि रहेको थियो। चैते दशैको अवसर पारेर पञ्चवली समेत चढाइएको गोरखकाली मन्दिरको दर्शन गर्न पूजाआजाको  लागि देशको विभिन्न ठाउँबाट दर्शनार्थीहरु आएका थिए।