बारा र पर्सामा हावाहुरीले निम्त्याएको कहाली (तस्बिर सहित)

बारा,चैत १७ । हावाहुरीका कारण बारामा अहिलेसम्म २८ जना भन्दा बढीको मृत्यु भएको छ भने ४ सय भन्दा बढीघाईते भएका छन् । । घरमा रुख ढलेको ,  घर भत्केर घरमा पुरीएर , एक इँटा भट्टाको चिम्नी लडाउँदा , गुडिरहेको गाडी हावाले पल्टाउँदा , घरको छाना उडाउँदा २८ जना भन्दा बढीको मृत्यु भएको हो भने घाईतेहरुको संख्या थप बढ्ने अनुमान गरिएको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले  उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भईसकेको जनाएका छन् भने उद्दारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन पनि निर्देशन दिएका छन्।

 

उद्धार कार्य जारी रहेको र रातको समयमा विभिन्न जटिलता आइपरेकाले मृतकको संख्या अझै बढ्ने अनुमान प्रहरीको छ।