गोर्खा र नुवाकोट दरबार अब केन्द्र मातहत

काठमाडौं, चैत्र ७। सरकारले गोरखा दरबार र नुवाकोट दरबार हेरचाह कार्यालय तथा संग्रहालयलाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरेको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले दुबै संग्रहालयसहित मनकामना क्षेत्र विकास समिति र हलेसी महादेवस्थान विकास समितिलाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरिएको जानकारी दिए ।