रेल किन्न थप ८५ करोड

काठमाडौं, चैत्र ७। सरकारले भारतबाट रेल किन्न रेल विभागलाई ८४ करोड ६५ लाख ६ सय रुपैयाँ दिएको छ । चैत ४ गते बसेको मन्त्रिपरिषद बैठकले जीटूजी प्रक्रियाबाट खरिद गर्न रेल विभागलाई रकम दिएको हो ।

भारतीय कम्पनी ‘कोन्कन रेलवे कर्पोरेउसन लिमटेड’ बाट दुई सेट डेमु (डिजल इलेक्ट्रिफाई मोडेल) ट्रेन खरिद गर्न लागिएको हो।खरिद गर्न लागिएको डेमु ट्रेन जनकपुर–जयनगर क्षेत्रमा सञ्चालन हुनेछ ।