कस्तो अचम्म कुकुरले मार्यो चितुवा

गोरखा, चैत्र ७। सुन्दा अचम्म लाग्न सक्छ गोरखाको पालुङ्गटारमा घरपालुवा कुकुरको आक्रमणबाट विहीवार विहान चितुवाको मृत्यु भएको छ ।

 

पालुङ्गटार नगरपालिका वडा नम्वर ९ स्थित फुजुङ्ग लामाको बाख्रा फार्ममा बाख्रालाई आक्रमण गर्न आएका चितुवालाइ फार्ममा पालिएका ५ वटा कुकुरको समूहले आक्रमण गर्दा चितुवा सहित एउटा कुकुरको पनि मृत्यु भएको हो । बाख्राको सुरक्षाको लागि फार्ममा ५ वटा कुकुर पालिएको थियो ।