चुरे क्षेत्रको आगो नियन्त्रण बाहिर

काठमाडौं,चैत्र ७। उदयपुरको चुरे जङ्गलमा सातायता लागेको डढेलो नियन्त्रण बाहिर गएको छ। झण्डै डेढ सय हेक्टर वन क्षेत्रमा अहिले आगो लागिरहेको छ। भीषण डढेलोले चुरे क्षेत्रको वन सखाप भएको छ। समथर क्षेत्रमा सामुदायिक वन उपभोक्ता समूह, वन कर्मचारी र स्थानीय तहका दमकल प्रयोग गरेर नियान्त्रण प्रयास गरिए पनि मध्य भाग र दुर्गम क्षेत्रमा डढेलो बढ्दै गएको हो।

कटारी नगरपालिकाका क्षेत्रमा समथर क्षेत्रमा नगरपालिकाकाले दमकल प्रयोग गरेर आगो नियन्त्रण गरिएको छ। गतवर्ष उदयपुरको करिब ७ हजार हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो ।