होली खेल्ने क्रममा दुई जनाको मृत्यु

काठमाडौं,चैत्र ७। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होली खेल्ने क्रममा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । घाइतेकाे अवस्था जटिल छ ।

होलीमा जथाभावी सवारी साधन चलाउँदा स्वयम्भु र सातदोबाटोमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हाे । दुर्घटनामा काठमाडौं कीर्तिपुरका ३१ वर्षीय सुनिल शाही र ललितपुर गोदावरीका १७ वर्षीय सचिन श्रेष्ठले जीवन गुमाएका छन् ।

घाइतेहरूको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पताल र सातदोबाटोस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले जानकारी दिए।