कोरियन कम्पनीलाई नेपालमै चारपांग्रे गाडी बनाउन स्वीकृत

काठमाडौ,चैत्र ५। सरकारले नेपालमै चारपांग्रे सवारीको एसेम्बलिङ प्लान्ट राख्न विदेशी लगानी स्वीकृत गरेको  छ । शुक्रबार बसेको लगानी बोर्डको बैठकले कोरियन कम्पनीले नेपालमा ल्याउन लागेको १० अर्ब बढीको लगानी स्वीकृत गरेको हो ।

कोरियन कम्पनीले १० अर्ब ५४ करोड खर्चेर ‘भेहिकल एसेम्बलिङ प्लान्ट’ निर्माण गर्ने प्रस्ताव बोर्ड समक्ष गरेको थियो । शुक्रबार साँझ प्रधानमन्त्रीको अध्यक्षमा बसेको बोर्ड बैठकले यो लगानीलाई स्वीकृत गर्ने निर्णय गरेको छ ।