ब्रेकिङ न्युज – इलामको धार्मिक पर्यटकीय स्थल माईपोखरी क्षेत्रमा भीषण आगलागी

इलाम,फाल्गुन ३०। इलामको धार्मिक पर्यटकीय स्थल माईपोखरी क्षेत्रमा भीषण आगलागी भएको छ । सन्दकपुर गाउँपालिका १ र ३ मा पर्ने माइपोखरी बजारमा दिउँसो १ बजेदेखि आगलागी भएको हो । धार्मिक तथा पर्यटकिय स्थल माइपोखरी प्रवेशद्वार अगाडिका तीनवटा घरहरु जलेर नष्ट भएका छन् ।

स्थानीय चक्र मुखियाको भान्छा घरबाट सुरु भएको आगलागीबाट  कमल मुखिया र नीमदोर्जे शेर्पाको घर जलिसकेको स्थानीयले जानकारी दिए ।

स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रयासमा आगलागी नियन्त्रण गर्ने कार्य भईरहेका छ । आगलागी नियन्त्रणका लागि इलाम सदरमुकामबाट दमकल आगलागि भएको स्थानसम्म पठाइसकिएको इलाम नगरपालिकाले जनाएको छ ।

इलाम सदरमुकामबाट दमकलसहित थप प्रहरी र नेपाली सेना समेत घटनास्थलतर्फ पठाइएको वताइएको छ ।