युरोप र एसियाका ४४ मुलुकले बोइङको ७३७ म्याक्स जहाजको उडान रोके

टुरिजम संचार,फाल्गुन ३०। युरोप र एसियाका ४४ मुलुकले अमेरिकी जहाज निर्माता कम्पनी बोइङको ७३७ म्याक्स ८ मोडलका जहाजको उडान रोकेका छन ।

आइतबार इथियोपियन एयरलायन्सको सोही मोडलको जहाज दुर्घटनामा परेपछि वायुसेवा कम्पनीहरूले पछिल्लो समयमा विश्वभरि सफलता पाइरहेको उक्त मोडलका जहाजलाई ‘ग्राउन्डेड’ गरेका हुन ।

यो मोडलका झन्डै ३५० जहाज संसारभरि उडिरहेका छन् भने  विभिन्न ६० वटा  एयरलायन्स कम्पनीले ५ हजार वटा जहाज बनाउन अर्डर दिइसकेका छन ।