रामेछाप महोत्सव २०७५ चैत्र ५ देखी

टुरिजम संचार,फाल्गुन २८। मन्थली नगरपालिकाको आयोजनामा प्रथम रामेछाप कृषि,पर्यटन तथा औद्योगिक व्यापार मेला,रामेछाप महोत्सव आयोजना हुन लागेको हो।

उक्त मेला सामाजिक सशक्तिकरण नेपाल,रामेछापको सह-आयोजना र जिल्ला समन्वय समिति रामेछाप,रामेछाप उद्योग वाणिज्य संघ नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा हुन लागेको हो।

प्रथम रामेछाप कृषि,पर्यटन तथा औद्योगिक व्यापार मेला,रामेछाप महोत्सव २०७५ चैत्र ५ गते देखी १७ गते सम्म मन्थली हाटेचौरमा संचालन हुनेछ।