धर्म संरक्षणका लागि सम्मेलन

काठमाडौ,फाल्गुन २८। नेपालका मौलिक रैथाने धर्मको संरक्षण गर्ने उद्देश्यले राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन आगामी चैत २ गते राजधानीमा आयोजना हुने भएको छ। जरो किलो प्रतिष्ठान नेपाल, सहृदयता समाज नेपाल र युुग निर्माण महिला समाज नेपालको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो।

सम्मेलनमा नेपालका मौलिक रैथाने धर्म हिन्दू, बौद्ध, किराँत, जैन र बोनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका विद्वानको सहभागिता रहनेछ। कार्यक्रममा विद्वानले कार्यपत्र प्रस्तुुत गर्ने तयारी भएको जनाइएको छ।

गत वर्ष फागुुन ५ गते पहिलोपटक यो सम्मेलन आयोजना गरिएको थियो। सम्मेलन नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुनेछ।