पालुङटारमा फेरी एयरपोर्ट संचालन गर्छाै : मुख्यमन्त्री गुरुङ

काठमाडौं,फाल्गुन २७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले लामो समय देखि बन्द रहेको पालुङटार एयरपोर्ट संचालनमा ल्याउने बताएका छन् । पालुङटार नगरपालिकामा आइतवार बाट शुरु भएको गण्डकी प्रदेश स्तरिय लिगलिग पालुङटार मेयर कप फुटवल प्रतियोगीताको उद्घाटन कार्यक्रममा बोल्दै उनले पोखरामा निर्माणाधिक अन्तराष्ट्रिय बिमानस्थलको निर्माण कार्य सम्पन्न भएपछि पालुङटार एयरपोर्ट संचालन गर्ने प्रतिवद्धता व्यक्त  गरे ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, संघिय पर्यटन मन्त्रालय र गण्डकी प्रदेशको संयुक्त प्रयासमा एयरपोर्ट पुन संचालनमा आउने उनले आश्वासन दिएका छन् । ‘पालुङटारको मात्र होइन गण्डकी प्रदेशमा बन्द रहेका अन्य एयरपोर्टहरु पनि हामी क्रमश संचालनमा ल्याउछौ,’ उनले भने, ‘केही बर्ष लाग्न सक्छ तर हतार गर्न हुन्न तर हामी चलाएर छाडछौ ।’ ऐतिहासिक स्थल लिगलिगकोटलाइ पर्यटन सँग जोडेर अघि बढाउन प्रदेश सरकार सदैव तयार रहेको उनले बताए ।

उक्त क्षेत्रको संरक्षणको आवश्यकता महशुस गरेर प्रदेशले यो बर्ष संग्राहलय निर्माणको विस्तृत डिपिआर तयार गर्न एक करोड रकम बिनियोजन गरेको उनले जानकारी गराए । केन्द्रिय   सरकारले यसमा पहल नगरेको प्रति उनले दुखेसो व्यक्त गरे । त्यस्तै च्याङलीटारमा औद्योगिक क्षेत्र स्थापनाको काममा संघिय  सरकारले ढिलासुस्ती गरिरहेको उनले आरोप लगाए । ‘संघिय  सरकारले आलटाल गरिरहेको, प्रदेश सरकारले अव संघिय सरकारको पुच्छर निमोठ्ने काम गर्छ,’ उनले भने ।