सबैभन्दा अग्लो नेपाल आमाको मुर्तिको शिलान्यास

कञ्चनपुर,फाल्गुन २५। कञ्चनपुरको भम्केनिधाममा सबैभन्दा अग्लो नेपाल आमाको मुर्तिको शिलान्यास गरिएको छ । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ७५ फिट अग्लो मुर्तिकोे शिलान्यास गर्दै सुदुरपश्चिमको धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा सहयोग पुग्ने धारणा राखे।

मुर्ति निर्माणका लागी तामा, पितल, कासा, सुन, चादी लगायतका अष्ठ धातुहरु संकलन गरिएको छ । ४ वर्षमा निर्माण गर्ने गरि ठेक्का भ्याली कन्सट्रक्सन प्रालि पुल्चोकलाई १४ करोडमा मूर्ति निर्माणको ठेक्का दिइएको छ ।

जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले २०७२ सालमा आरम्भ गरेको महाकाली–मेची यात्रामा हरेक नेपालीबाट एक रुपैयाँका दरले रकम संकलन गरी मूर्ति स्थापनाका लागि पहल गरेका हुन ।