१५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको शुक्रबार राजधानीमा रास्ट्रपतिबाट उद्घाटन

दिपेश बराल/काठमाडौं,फाल्गुन २४। राष्ट्रपति विद्यादेवी भण्डारीले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको शुक्रबार राजधानीमा एक समारोहका बीच उद्घाटन गरेकी छिन ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमागीस्थित भृकुटीमण्डप परिसरमा आयोजनामा गरेको १५ घरेलु उद्योग महोत्सव २०७५ को उद्घाटन समारोहमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले लघु, घरेलु तथा साना उद्योगहरूको मुलुकको आर्थिक समृद्घिका लागि ठूलो योगदान रहेको बताए ।

मुलकले अहिले वार्षिक १२ खर्ब भन्दा बढीको वैदेशिक व्यापार घाटा व्यहोरिरहेको छ भने एकातिर दैनिक उपभोग्य बस्तुका सामान समेत विदेशबाट आयात गर्नु पर्ने अवस्था छ भने अर्कोतिर हाम्रा निर्यातयोग्य उत्पादन समेत निर्यात गर्न सकिरहेका छैनौं यस्तो अवस्थामा मेला फलदायी बन्न सक्छ।