तत्काल पानीजहाज नेपाल नआउने

काठमाडौं,फाल्गुन २४। गण्डक बाँध हुँदै पानीजहाजबाट सामान ओसारपसार गर्न भारतले गंगा नदीमा विकास गरिरहेको साहेबगन्ज र कालुघाट टर्मिनल प्रयोग गर्नेबारे सहमति भएको हो।

नेपाल र भारतका अधिकारीहरूबीच शुक्रबार भएको बैठकले सन् १९९९ को द्विदेशीय पारवहन सन्धि संशोधन गरी साहेबगन्ज र कालुघाट टर्मिनल हुँदै तीनवटा रुट तत्काल सिफारिस गर्ने सहमति गरेको हो।

दुई देशका अधिकारीहरू गण्डक र कोसीको स्थलगत भ्रमण सकेर बिहीबारदेखि काठमाडौंमा बैठक बसेका थिए। नेपालमा पानीजहाज कसरी ल्याउन सकिन्छ भन्नेबारे छलफल केन्द्रित थियो।

बैठकपछि शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार द्विदेशीय संयुक्त टोलीले थप चारवटा रूटसमेत सिफारिस गरेको छ। शुक्रबार सकिएको द्विदेशीय बैठकले यसको निम्ति बाटो खोले पनि तत्काल पानीजहाज नेपाल आउने छैन।