नेपालको जडीबुटी युरोप हुँदैं अमेरिका

काठमाडौं,फाल्गुन २४। कच्चा पदार्थको रुपमा किनबेच हुने जडीबुटीलाई  ब्यावसायिहरुले नेपालगञ्जमै प्रशोधन गरी युरोप र अमेरिका निर्यात गर्न थालेका छन् । कच्चा जडीबुटी निर्यात गर्दा ठूलो झण्झट भएपछि व्यवसायीले नेपालगञ्जमा प्रशोधन कारखाना सञ्चालन गरेर प्रशोधित जडीबुटी प्याकिङ गरी युरोप र अमेरिकालगायत मुलुकमा बिक्री गर्न थालेका हुन् ।

कर्णाली प्रदेशलगायत हिमाली र पहाडी जिल्लामा उत्पादन हुने जडीबुटी सङ्कलन गरेर नेपालगञ्जमा भण्डारण गरी निर्यात गर्दै आएका व्यवसायीले कच्चा पदार्थ मात्र निर्यात गर्दा लाभ नहुने भएपछि प्रशोधन गरेर बिक्री गर्न थालेका हुन् ।

चालू आर्थिक वर्ष २०७५/७६ को साउनदेखि पुससम्म अश्वगन्धा तीन हजार ५०० किलोग्रम प्रशोधित जडिबुटी अमेरिका निर्यात भएको छ । नेपालगञ्ज जडीबुटी कारोवार हुने प्रमुख क्षेत्र हो । यहाँबाट विषेशगरी भारतमा जडीबुटी निर्यात हुन्छ ।