मिथिला माध्यमा परिक्रमा : जनकपुरबाट

जनकपुर,फाल्गुन २३। मिथिला माध्यमा परिक्रमा बुधबारदेखि जनकपुरबाट विधिवत रुपमा शुरु भएको छ । कचुरीबाट प्रस्थान गरेका भगवान श्री मिथिला बिहारीको डोला र जनकपुरधामस्थित अग्निकुण्डबाट निस्केको श्री किशोरीजीको डोला जानकी मन्दिरमा पुजापाठ पश्चात हनुमान गढी विश्राम स्थलबाट प्रस्थान भई औपचारिक रुपमा परिक्रमाको शुरुवात भएको छ ।

प्रत्येक वर्ष झै यसवर्ष पनि परम्परा अनुसार धनुषाको मिथिलाबिहारी नगरपालिका–८ कचुरी स्थित मन्दिरबाट उठेको डोलाबाट परिक्रमा गरि शुभारम्भ भएको हो ।

माध्यमा परिक्रमामा हजारौंको संख्यामा सहभागी साधु सन्त श्रद्धालुहरुले नेपाल भारतको विभिन्न १५ ठाउंको १ सय ३३ किलोमीटर दूरीको पैदल यात्रा गर्नेछन।