नेपाली पर्यटन इतिहास, सम्भावना र चुनौती

नेपाली पर्यटनको इतिहास

विश्व पर्यटनको इतिहास धेरै लामो भए पनि नेपाली पर्यटनको इतिहास त्यति लामो छैन, किनभने औपचारिक रूपमा विदेशी पर्यटकले नेपाल भ्रमण गर्न थालेको सन् १९४९/५० पछि हो । त्यसअघि राणा शासकहरूले नेपालि भूमिमाथि विदेशीहरूलाई औपचारिक रूपमा घुमफिर गर्न प्रतिबन्ध लगाएका थिए । यसरी विश्वमा औपचारिक रूपमा पर्यटन व्यवसाय सुरु भएको लामो समयसम्म नेपालले पर्यटनसम्बन्धी कुनै कदम चालेन, पर्यटनसम्बन्धी कुनै ज्ञान लिएन, पर्यटनबाट केही सिकेन भन्दा फरक नपर्ला।

सन् २००७/००८ देखि मात्रै नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या ५ लाख नाघ्न थाल्यो । सन् १९९८ मै नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या ५ लाख पुर्याउने, उनीहरूले गर्ने दैनिक खर्च ४९ अमेरिकी डलर पुर्याउने आदि लक्ष्य राखेर पहिलो पटक नेपाल भ्रमण वर्ष पनि मनाइएको थियो । तर, सो वर्ष नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या ४ लाख ६३ हजार ६ सय ६४ जना मात्रै पुगे । नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्याकै कुरो गर्दा गत वर्ष (सन् २०१८ मा) भने १० लाख नाघेको छ, जुन नेपाल सरकार र नेपाली पर्यटन व्यवसायीहरूका लागि खुसीको कुरो हो । सन् २०२० लाई पनि ‘नेपाल भ्रमण वर्ष’का रूपमा मनाउने घोषणा गरेको छ । साथै सरकारले २० लाख विदेशी पर्यटकलाई नेपाल भ्रमण गराउने लक्ष्य लिएको छ ।

सम्भावना

लोकप्रिय र विश्वचर्चित खेलहरु जस्तै बन्जिजम्प,र्याफ्टिङ, प्याराग्लाइडिङ, हात्तिपोलोको लागी नेपाल अति उपयुक्त र सम्भावना बोकेको देश हो । यहाँको भौगोलिक बनावट तथा संरचनामा नरमाउने पर्यटक बिरलै होलान् ।

एडभेञ्चर टुरिजम’मा नेपालको बढी सम्भावना छ । भौगोलिक बनावटका कारण पनि साहसिक पर्यटनमार्फत नेपालले धेरै पर्यटक भित्र्याउन सक्छ।  प्याराग्याइडिङ, साइक्लिङ, म्याराथन, स्काई डाइभिङजस्ता खेलहरू पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएका छन् ।

यस प्रकारका खेलमा अन्तरराष्ट्रिय प्रतियोगिताहरू पनि आयोजना हुन थालेका छन् । यसको निरन्तरता र प्रवर्धनका लागि योजना बनाउनु आवश्यक छ ।

सगरमाथाको देश नेपाल एकपटक टेक्नकै लागी समेत पर्यटकहरु लालायित रहेको पाइन्छ । पुरातात्विक हिसाबले होस् या आधुनिकिकरणको नयाँ खाकाको परिकल्पनाका लागी, नेपाल एक अध्ययनभूमी बन्न सक्दछ । विकासको प्रचुर सम्भावनाको नमुना देश नेपाल, पर्यटकिय आधारमा जति व्याख्या गरेतापनि कम नै हुन्छ ।अतिथि देवो भवःको भावना आम नेपालीमन र पनमा पाइन्छ । यो पनले विदेशी मनलाई निकै आकर्षित गर्ने गरेको छ । यति मात्र नभइ नेपाली कला, सँस्कृति, रितिरिवाज लगातयका साथै नेपाली जीवनशैली पर्यटकहरुका लागी निकै चाख लाग्ने गर्दछ ।

चुनौती

प्रकृतिको स्पर्शका लागी लालायित पर्यटकिय मनहरुले सम्झिने नेपाल आज आफ्नै आन्तरिक समस्याबाट गुज्रिरहेको छ । जसको प्रत्यक्ष असर पर्यटन विकासमा परिरहेको छ । राजनितिको सहि निकासको अभावमा देश ग्रसित हुदा बढेको समस्याका कारण पर्यटकहरु नेपाल आउन डराइरहेका छन् , जसका कारण नेपालको पूँजी बजारमा ठुलो नोक्सानी भइरहेको छ । एकातिर पर्यटन प्रबद्र्धनका लागी कुनै ठोस पहलकदमी नहुनु एउटा चुनौति छँदैछ भने अर्कातिर भएका नीतिनियमको पनि सहिरुपमा कार्यान्वयन गराउन नसक्नु अर्को चुनौति छ ।

आफ्नो क्षमता कमजोर हुँदा अन्तराष्ट्रियस्तरमा कति गाह्रो हुने रहेछ भन्ने अनुभव पछिल्लो समय भइरहेको छ ।आफ्नै ध्वजाबाहक विमानको अभावमा विदेशी कम्पनीको भर पर्नुपरेको छ । ती कम्पनीहरूले नेपालको हितभन्दा बढी आफ्नो व्यापारिक स्वार्थ हेरेका हुन्छन् ।अलिकति पनि यात्रु कम भएको बेला उनीहरूले आफ्नो रूट परिवर्तन नगर्लान् भन्न सकिन्न ।

यदि नेपाल सरकारले पर्यटन व्यवसायलाई मध्यनजर गर्दै यसको क्षेत्र व्यापक बनाउन तिर लाग्ने हो भने नेपालको अर्थतन्त्र नै यहि पर्यटन व्यवसायबाट धानिन सक्छ । नेपालले अन्तर्राष्ट्रियस्तरमा पहिचान प्राप्त गर्छ । यदि नेपालमै पर्यटन क्षेत्रको विकास भएमा हजारौं हजार नेपाली युवाले रोजगारी प्राप्त गर्छन् । कमसेकम खाडी मुलुकमा गएर ५० डिक्री तापक्रममा बाह्रै घण्टा काम गर्नु त पर्दैन । योजना अनुरुप पर्यटन क्षेत्रको विकास हुने हो भने पक्कै पनि नेपालले विकासको सुनौलो ढोकाहरु खोल्दै विश्वमा नै आफ्नो छुट्टै परिचय बनाउने छ।