गोरखा दरबारको अझै पुननिर्माण हुन सकेन

आशिष न्यौपाने,गोरखा ,माघ २३ ।  ५ सय वर्ष भन्दा पुरानो ऐतिहासिक गोरखा दरबारको अझै पुननिर्माण हुन सकेको छैन । पुरातत्व विभागले ४ करोड ३७ लाख रुपियाँ लागतमा गोरखा दरबार पचली /शिवाको जेभी कन्ट्रक्शनलाई दिएको िथयाे । २ वर्ष भित्र पुननिर्माण गरिसक्ने सम्झौता भएपनि आहिले सम्म पुरा हुन सकेको छैन । अहिले सम्म पनि जगको काम भइरहेको  छ ।

गोर्खा दरबारको पुननिर्माण भईरहदा गोरखकाली मन्दिर वा गोरखा दरबार आउने पर्यटक र भक्तजनहरुमा पनि केहि कमि भएको छ । गोरखा दरबार राजा रामशाहको पालामा भनेको थियो भने जन्म पनि गोरखा दरबारमा नै भएको थियो । पुरात्तातित्व र ऐतिहासिक महत्व बोलेको गोरखा दरबार र गोरखकाली मन्दिरमा बर्षेनी हजारौको संख्यामा देशभरबाट भक्तजन हरु आउने गर्दछन् ।