पर्यटन वर्षलाई असफल वनाउन फेक रेस्क्यूलाई पुर्नताजगी बनाएको टानको दावी

जि.पि.पौडेल / काठमाडौं,माघ २१ । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले अन्तर्राष्ट्रिय मिडिया र केहि व्यक्तिहरुले फेक रेस्क्यूको गलत प्रचार गरेर भ्रमण वर्षलाई प्रभावित पार्न खोजेको दाबी गरेको छ ।
आज सोमबार विज्ञप्ति जारी गरी टानले फेक रेस्क्यूबारे सरकारले कार्यदल गठन गरी नियमन गरिरहेका बेला अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गलत प्रचार गरेको आरोप लगाएको हो ।
सोही प्रसंगमा टुरिजम संचारको कुराकानीमा टानका अध्यक्ष नवराज दाहालले फेक रेस्क्यूको प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यदल गठन गरेर समाधान गरेको र फेरी केहि सञ्चार माध्यमहरुले कपोकल्पित समाचार बनाएर पुन ः सम्प्रेषण गरेकोले टानको गम्भीर ध्यानाकर्षण भएको बताएका छन ।
सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य सहित घोषणा गरेको भिजिट नेपाल २०२० कार्यक्रमलाई प्रभावित गर्न नेपालको पर्यटन माफियाहरुले पदयात्रा तथा पर्वतारोहण र उद्धार सम्बन्धी कपोकल्पित क्रियाकलाप गरेको अध्यक्ष दाहालले दावी गरे ।
बिज्ञप्तीमा फेक रेस्क्यूको प्रकरण चर्किएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटन खोज उद्धार, उपचार तथा अनुगमन सम्बन्धी कार्यविधि–२०७५’ बनाएको थियो । यो कार्यविधि कार्यान्वयन गर्न मन्त्रालयले कार्यदल समेत गठन गरेको छ ।
फेक रेक्स्यूबारे रहेको अन्योल निक्र्यौल भइसकेको दाबी गर्दै टानले केही शक्तिले अनर्गल प्रचार गरेर सरकारले घोषणा गरेको भ्रमण वर्षलाई विफल बनाउन खोजेको तर्क गरेको छ ।

काठमाडौँ, फाल्गुन १ । सन् २०१९ को जनवरी

टुरिजम संचार,फाल्गुन १। लाङटाङ राष्ट्रिय निकुञ्जमा हुने अवैध

काठमाडौं फागुन ,१। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल पानीजहाज

लमजुङ, माघ २८। सन् २०१८ मा विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग

काठमाडौँ, फाल्गुन १ । सन् २०१९ को जनवरी

टुरिजम संचार,फाल्गुन १। लाङटाङ राष्ट्रिय निकुञ्जमा हुने अवैध

काठमाडौं फागुन ,१। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल पानीजहाज