संरक्षणको अभावमा बर्दियाको दानुवा ताल

बर्दिया , माघ २० । संरक्षणको अभावमा बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेको दानुवा ताल जीर्ण बन्दै गएको छ । चुरे पहाडभित्र बर्दिया राष्ट्रिय निकुञ्जको भूभागमा रहेको उक्त ताललाई कसैले चासो नदिएको सर्वसाधरणको गुनासो रहेको छ ।

 

सन् १९५८ भन्दा अघि नै उक्त तालमा पहाडमा खरखराई कटान जङ्गलमा घाँस दाउरा गर्न गएका बेला मानिसले पानी खाना जाँदा त्यहाँ दानवहरुको समेत बस्ती रहेका कारण दानुवा ताल नामाकरण भएको स्थानीय थारू पुर्खाहरुको भनाइ छ ।

 

उक्त तालाम अहिले पनि १२ महिना नै पानी जमिरहेको हुन्छ । निकुञ्जभित्रको जङ्गलमा रहेको दानुवा तालमा जङ्गली जनावरसमेतले पानी खाने गरेका छन् । तालको संरक्षण नहुँदा वरिपरि झार उम्रिएको छ । पानी परेपछि चुरे पहाडबाट झरेको सबै पानी सोही तालमा जम्मा हुन्छ ।

 

ताल कहिलेदेखि बनेको हो आधिकारिक जानकारी नभए पनि नन  बर्दियाको सम्पत्तिको रुपमा रहेको यो दानुवा ताललाई राज्यले संरक्षण गर्नुपर्ने ठाकुरबाबा नगरपालिका स्थानीयवासीको भनाइ रहेको छ । (रासस)