पोखराका महिला पर्यटन व्यवसायी हाइकिङतर्फ

पोखरा,माघ २०। पोखराको पर्यटन क्षेत्रमा सक्रिय महिलाले पर्यटन प्रवर्द्धनका लागि हाइकिङ(लामो एकदिने पदयात्रा) गरेका छन् । शनिबार महिला पर्यटन व्यवसायी मञ्चद्वारा आयोजित पर्यटन प्रवर्द्धनात्मक पदयात्रा कृस्ती–शिवढुङ्गा–देउराली गैरा–कृस्ती कालिका मन्दिर–मट्टीखान भ्यूटावर– माउण्टेन रिसोर्ट–छोरेपाटनसम्म हाइकिङ गरेर सम्पन्न भएको छ ।

सुन्दर नगरी पोखरा र आसपासका रमणीयस्थल र ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले हाइकिङ कार्यक्रम गरिएको मञ्चका अध्यक्ष जमुना पराजुलीले जानकारी दिइन्। नेपाल पर्यटन बोर्डको सहयोगमा भएको सो कार्यक्रममा बोर्ड पोखराका प्रमुख मणिराज लाछिछानेको पनि सहभागिता थियो । उनले पर्यटन क्षेत्रमा महिलाको योगदान महत्वपूर्ण छ भन्दै यस्ता कार्यक्रमले यस क्षेत्रको विकासमा अझै टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।